काठमाण्डु– नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी नेतृत्वबाट हट्न सुझाव दिएका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले पार्टीभित्र धेरै उकुसमुकुस बढेको भन्दै नेतृत्वबाट हट्न सुझाव दिएका हुन् ।
उनले ओली नेतृत्वबाट हटेमात्र पार्टीभित्रको माहौल शान्त हुने बताए । उनले भने, ‘भीम रावल त्यहाबाट निकालुनभयो। त्यो अवस्था छँदैथियो, मैले धेरै अगाडिदेखि भन्दै आएको थिए प्रश्न उठाएपछि एमालेभित्र त्यसलाई व्यक्तिगत प्रतिशोधको रुपमा पनि लिइयो। ओलीका नजरमा दुई खालका मान्छे छन्, एकखालका मान्छे उहाँका शत्रु हुन्, अर्का खालका मान्छे उहाँका चाकर हुन्, अझै भन्नुपर्दा जसले उहाँको चाकरी गर्दैन त्यो शत्रु हो। शत्रु होइन भने त्यसले चाकरी गर्छ, यद्यपी भीम रावलले चाकरी गरेनन्। फेरि त्यहाँ बस्ने सबैले चाकरी गर्छन् भन्न पनि होइन।’ कमरेड ओलीको प्रयोग असफल भइसकेको छ। उहाँको प्रयोग निर्वाचन, पार्टी सञ्चालनदेखि अन्तराष्ट्रिय सम्बन्धमा पनि असफल भइसकेको छ। त्यसैले उहाँले छाड्नु हाम्रो लोकतन्त्र र उहाँको लागि पनि राम्रो कुरा हो।’
उनले नेता भीम रावललाई आफ्नो पार्टीमा आउन आह्वान समेत गरे । उनले भने ‘नेकपा एमाले हामीले लडेर आफैँ बनाएको पार्टी हो । त्यहाँ तमाम साथीहरू छन् । अहिले उकुसमुकुसमा छन् । भनेका छैनन् । यो घटना जसरी घट्दैछ । यसले नेकपा एमालेभित्र यो समस्या अझै बढ्नेछ । भीम रावलजीको कुरा रह्यो । उहाँले के गर्नुहुन्छ भन्न सक्दिन । नेपाल पार्टी नभएर दुःख पाएको हो की पार्टी राम्रो नभएर हो भन्दा राम्रो पार्टी नभएर दुःख पाएको हो । म हाम्रो पार्टीमा आउन आह्वान गर्दछु ।’
प्रतिक्रिया