माओवादी नेता रावलको पशुपति आर्यघाटमा अन्त्यष्टि

 माओवादी नेता रावलको पशुपति आर्यघाटमा अन्त्यष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति केन्द्रीय सल्लाहकार झंकरबहादुर रावलको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । मधुमेह रोगबाट पीडित रावलको हिजो बिहान काठमाडौंस्थित वीर अस्पतालमा ६० वर्षको उमेरमा निधन भएको थियो ।

मृर्गाैला प्रत्यारोपणपछि रक्तचाप नियन्त्रणमा नआएका कारण रावलको मृत्यु भएको अस्पतालले जनाएको छ । उनका २ श्रीमती र ३ छोरा छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

नेकपा माओवादी केन्द्र ७ नम्बर प्रदेशले शोक वक्तव्य जारी गर्दै पार्टीले एक असल योद्धा र अभिभावक गुमाएको जनाएको छ । प्रदेश प्रचारप्रसार विभागका संयोजक ओमविक्रम भाट ‘सरल’द्वारा हस्ताक्षरित विज्ञप्तिमा दिवंगतप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

अछाम जिल्ला घर भई २०४३ सालदेखि निरन्तर कम्यूनिस्ट आन्दोलनमा सक्रिय रहेका रावल नेकपा एमाले, माले हुँदै २०६४ सालदेखि माओवादी पार्टीसँग आवद्ध थिए ।