काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले प्रतिनिधिसभाको दुईदुई पटक विघटन गरी जनमतको अपमान गरेको बताएका छन् ।
शनिबार शुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले ८ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव पेश गर्दै ओलीलाई सुधारगर्न खोजेपनि सुध्रिने प्रयास गर्नुको साटो झन् निरंकुश र तानाशाही बनेको आरोप लगाए ।
साथै उनले अहिले दलहरुबिच भएको गठबन्धनलाई चुनावसम्म कायम राख्नुपर्नेमा जोड दिएका छन् । बैठकले आगामी पुस ११ १२ र १३ राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको छ।
प्रतिक्रिया