गुप्त बंकरमा सुन लुकाउदै विश्वका सुपर-रिच

गुप्त बंकरमा सुन लुकाउदै विश्वका सुपर-रिच


मस्को – सुनको स्वामित्व गुप्त राख्ने रणनीतिक अवस्था बलियो बन्दै गएको गोल्डम्यान स्याक्सका विश्लेषकले बताएका छन् । विशेषगरी विश्वका उपल्लो धनीमाझ राजनीतिक अनिश्चितता, मन्दीको त्रास र अन्य चिन्ता जस्ता तत्वले यस्तो अवस्था सिर्जना गर्ने गरेको छ ।

विगत ३ वर्षको अवधिमा भौतिक सुनको खरिदमा वृद्धि भएको तथ्यांकले देखाएको छ । “२०१६ को अन्त्येखि अपारदर्शी सुनमा हुने लगानीमा वृद्धि भएको छ । यो प्रक्रिया विनिमय कारोबारी कोष (इटीएफ) भन्दा बढी भएको छ,” गोल्डम्यानले याहु फाइनान्सलाई पठाएको एक टिप्पणीमा उल्लेख गरिएको छ ।

यसमा आफ्नो विलाशी बंकरमा सुन राख्ने गरेको देखिएको छ । यस किसिमको माग उच्च रहेको र थोक सुन बंकरमा लुकाउने गरिएको छ । “विश्वव्यापी रुपमा सुन गाड्ने मागमा वृद्धि भइरहेको यो तथ्यांकले देखाएको छ,”गोल्डम्यानले भनेको छ । टेक्सासम रहेको राइजिङ एस कम्पनीका महा प्रबन्धक ग्यारी लिन्चले भनेका छन्,“२०१५ को तुलनामा २०१६ मा बलियो बंकरको मागमा ७०० प्रतिशतले वृद्धि भएको छ ।

नोभेम्बरमा अमेरिकी राष्ट्रपतिको निर्वाचन भएदेखि मात्रै यस किसिमको बंकरको मागमा ३०० प्रतिशतले वृद्धि भएको छ । “हाम्रो बिचारमा राजनीतिक जोखिमले यसको बयान गर्न सहयोग गर्छ । व्यक्तिले प्रतिबन्ध र सम्पत्ति करको जोखिमको समयमा मनिसले खतरालाई कम गर्न चाह्यो भने उनीहरुले भौतिक सुन किन्छन् र यसलाई बंकरमा गाडेर राख्छन् । यसो गर्नाले सरकारलाई योे सम्पत्तिसम्म पुग्नका लागि कठिन हुनेछ ।”