काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक (सई) खिमबहादुर खड्कालाई घुससहित पक्राउ गरेको छ ।
आयोगले प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा कार्यरत सई खड्काले भारतबाट रुपन्देहीको दुर्गौलिया नाका हुँदै भन्सार छली अवैध रूपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरीदिने भनी सेवाग्राहीसँग ३० हजार घुस लिएको अवस्थामा पक्राउ गरेको जानकारी दिएको छ ।
अख्तियारले बुटवलबाट खटिएको टोलीले खड्कालाई सेवाग्राहीबाट ३० हजार घुस लिइसकेको अवस्थामा रकमसहित रुपन्देहीको मायादेवी– ६ बाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया