काठमाडौं – काठ कटानी सम्बन्धी मुद्दा मिलाईदिने भन्दै सेवाग्राहीसँग लिएको ३३ हजार रुपैयाँ घुससहित डिभीजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
पीडितले दिएको उजुरीका आधारमा आयोगको पोखराबाट खटिइ गएको टोलीले ठाकुरलाई ३३ हजार रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा बेनी नगरपालिका वडा नं ७ स्थित निजकै निवासबाट बिहीबार नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
प्रतिक्रिया