ग्लोबल आईएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’को २ विधामा सम्मानित

ग्लोबल आईएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’को २ विधामा सम्मानित


काठमाण्डु – ग्लोबल आईएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ ।

यस वर्षको अवार्डसँगै ग्लोबल आईएमई बैंक दोस्रोपटक बेष्ट बैंक नेपाल अवार्डबाट सम्मानित भएको छ ।

यसअघि पनि ग्लोबल आईएमई बैंकले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ बेस्ट बैंक नेपाल’ प्राप्त गरेको थियो ।

सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात छ । युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू छन् ।

यसै वर्ष ग्लोबल आईएमई बैंकलाई ग्लोबल फाइनान्सले पनि उत्कृष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित गरेको थियो ।

युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ लगायतका अन्य विभिन्न अवार्डहरूले ग्लोबल आईएमई बैंकलाई भविष्यमा अझ उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न उत्प्रेरित गर्ने बैंकले जनाएको छ ।