ग्लोबल र बीओकेले थाले एकीकृत कारोबार, ५७ अर्ब पुँजीसहित बन्यो नेपालकै ठूलो बैंक

ग्लोबल र बीओकेले थाले एकीकृत कारोबार, ५७ अर्ब पुँजीसहित बन्यो नेपालकै ठूलो बैंक


काठमाण्डु –  ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जरपछि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाटएकीकृत कारोबार सुरु गरेका छन् ।

सोमबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले दुई बैंकको मर्जरपछि एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।

एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बैंकहरु ठूलो हुँदा ठूलाठूला परियोजनामा लगानी जुटाउन सहयोग पुग्ने बताए । “बैंक मर्जर असाधारण कामहो, यो प्रसंशा योग्य छ । बैंक ठूला हुँदा ठूला-ठूला परियोजनामा लगानी जुटाउन सहयोग पुग्नेछ । ठूला बैंकले मुलुकको दूरदराजसम्म नबिनतम बैंकिङ्ग सेवा रवित्तीय साक्षरता अभिवृद्धि गर्न काम गर्न जरुरी छ,” उनले भने, ।

प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्र सुधारउन्मुख रहेको र यसका लागि वर्तमान सरकार प्रतिवद्ध रहेको समेत बताए । साना व्यवसायबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका ग्लोबल आइएमई बैंकका अध्यक्षचन्द्र ढकाल र आफ्नो राजनितिक जीवनमा धेरै समानता रहेको बताउँदै प्रधानमन्त्रीले मुलुककै सबैभन्दा ठूलो बैंकको अध्यक्ष बन्न सफल भएकोमाअध्यक्ष ढकाललाई बधाई तथाशुभकामना समेत दिए ।

प्रधानमन्त्री दाहालले वर्तमान सरकार अर्थतन्त्र सुधारमा केन्द्रित रहेको र निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन्। “वर्तमान सरकार मुलुकको अर्थतन्त्र सुधार गर्न प्रतिवद्ध छ । हामीले हाम्रो पहिलो क्याबिनेट बैठकबाट नै मुलुकको अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथकाम सुरु गरेका छौं,” उनले भने ।

नेपाल सरकारका मुख्य सचिबशंकरदास बैरागीले अर्थतन्त्रमा सकारात्मक सुधारको संकेत देखिएकोले निजी क्षेत्र हतोत्साहितहुनुपर्ने अवस्थानभएको बताए । “अर्थतन्त्रमा सकारात्मक संकेत र आर्थिक सूचकमा सुधार आएको छ । बैंकहरुको ठूलो मर्जरले वित्तीय क्षेत्रको स्थायित्वमा ठूलो योगदान पु¥याउन सक्छ,” उनले भने ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथावित्तीय संस्थाहरुको मर्जरले बैंक तथावित्तीय संस्थाहरु ठूला र सबलबन्दै जाँदावित्तीयमध्यस्थतालागतकमहुँदै जाने बताए । उनले मर्जरले बैंकहरु ठूला बन्दै जाँदाबैंकहरुले स्वनियमनमा बस्नुपर्ने बताए।

ग्लोबल आइएमई बैंककाअध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली बैंकिङ्ग क्षेत्रका लागि आजको दिन एउटा ऐतिहासिक दिन रहेको बताउँदै यस मर्जरसँगै अधिकांश वित्तीय सूचकहरुमा ग्लोबल आइएमई बैंक नेपालको नम्बर वान बैंक बनेको बताए ।

“हुन त यसअघि पनिहामी धेरै सूचकमानम्बर वान् नै थियौं तर आजको मर्जरपछिहामीझनै माथिउक्लिन सफलभएकाछौं । यो मर्जरसमेत गरेर हालसम्म ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनीसहितकुल २१ वटा बैंक तथावित्तीय संस्थाहरु एउटै संस्थाका रुपमाएकीकृत गरेका छौं,” उनले भने ।

अध्यक्ष ढकालले नेपाल राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि ग्लोबल आइएमई बैंकले त्यसलाई पछ्याउँदै अघि बढेको र सरकारतथा नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई कार्यान्वयनमाल्याउने लिडर रहेको बताए । नेपालउद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मर्जरले बैंक सबल बन्ने र सबल बैंकले अर्थतन्त्र सबल बनाउन सहयोग पुग्ने बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले ग्लोबल आइएमई बैैंकलाई सफल मर्जरको लागि शुभकामना व्यक्त गर्दै ग्लोबल आइएमई बैंकको नेतृत्वमा व्याजदर घटाउन पहलगर्न आग्रहसमेत गरे । बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले बैंकको पूँजीगतआधार विस्तार गर्दै क्षमता विकास गर्न मर्जरमा गएको बताए।

उनले बैंकिङ्ग क्षेत्रप्रतिआमजनताको विश्वास बढ्दै गएको बताउँदै यसले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकारात्मकभूमिका रहने बताए । बैंक अफ काठमाण्डूका संचालकतथा संयुक्त मर्जर कमिटिका संयोजक राधेश पन्तले मर्जरको पहिलो सम्झौताभएको ६ महिनाभित्र मर्जर सम्पन्नभएको बताए ।

दुवै बैंककाआआफ्नै विशेषता रहेको बताउँदै उनले मर्जरपछि बैंकको व्यवसायको लागतकमहुने बताए । नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् ।

त्यसैगरी बैंकको प्रमुखकार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् । २१ वटा बैंक तथावित्तीय संस्थाहरु गाभिएर बनेको ग्लोबल आइएमई बैंक लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भएकाछन् ।

मर्जर पश्चात् बैंकको कुल सम्पत्ति ५ खर्ब ५ अर्ब रुपैयाँ, कुलपूँजी ५७ अर्ब रुपैयाँ, चुक्तापूँजी ३५.७७ अर्ब रुपैयाँ, कुलनिक्षेप ४ खर्र्ब१२ अर्ब रुपैयाँ, कुलकर्जा ३ खर्ब ७७ अर्ब रुपैयाँभएको छ । मर्जरपछि बन्ने नयाँ बैंक कुलपंूँजी, चुक्तापूँजी, शाखा सञ्जालतथाव्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बनेको छ ।