काठमाण्डु – ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमाबृहतरक्तदानकार्यक्रमकोआयोजनागरेको छ ।
बैंक सोमबारदेखि स्थापनाको १६वर्ष पुरा गरी १७औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले सोमबार नै देशका सात वटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
यस कार्यक्रमअन्तर्गत, प्रदेश १ कोबिर्तामोड शाखा, झापा, मधेश प्रदेशकोमिर्चैया शाखा, सिरहा, बाग्मतीप्रदेशको कान्तिपथशाखा, काठमाण्डौ, बाग्मतीप्रदेशको भरतपूर शाखा, चितवन, गण्डकी प्रदेशको न्यूरोड शाखा, पोखरा, कास्की, लुम्बिनीप्रदेशको घोराहीशाखा, दाङ, कर्णालीप्रदेशको सुर्खेत शाखा, विरेन्द्रचोक र सुदूरपश्चिमप्रदेशको चौराहा, धनगढी शाखा, कैलालीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
देशभर आयोेजित कार्यक्रममा ५१२ रक्तदाताहरुबाट २४२ लिटर रगतदान गरिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरु मार्फत आमजनमानसलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।
प्रतिक्रिया