ग्लोबल आइएमईका ग्राहकले के–ल्याबमा २५ प्रतिशत छुट पाउने

ग्लोबल आइएमईका ग्राहकले के–ल्याबमा २५ प्रतिशत छुट पाउने


काठमाण्डु– ग्लोबल आइएमई बैंक लिमिटेड र क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टरका बिच समझदारी भएको छ ।

ग्लोबल आइएमई बैंकका बागमती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टरका प्रशासनिक निर्देशक कान्ति थापाले हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार बैंकको ग्राहकहरूले क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब), नक्साल र बौद्धमा उपलब्ध ल्याबसम्बन्धी सेवा बापतको भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोग गर्दा २५ प्रतिशत छुट पाउनेछन् ।