साफ माहिला च्याम्पियनसिप : नेपाल भारत खेल विवादमा

साफ माहिला च्याम्पियनसिप : नेपाल भारत खेल विवादमा


काठमाण्डु –  साफ माहिला च्याम्पियनसिप–२०२४ अन्तर्गत नेपाल र भारतबीचको सेमिफाइनलमा विवाद भएपछि खेल रोकिएको छ ।

भारतले गोल गरेलगत्तै नेपाली खेलाडीहरुले पनि भारतको पोस्टमा गोल गरेका थिए । तर उक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि दशरथ रंगशालामा तनावग्रस्त भएपछि खेल रोकिएको हाे ।

रेफ्रीले सुरुमा गोल भएको संकेत गरेपनि गोल दिएनन् । भारतीय खेलाडीहरु गोलको खुशी मनाउँदै गर्दा नेपालले गोल गरेको थियो ।

नेपालले आफूहरुले गरेको गोलले मान्यता पाउनुपर्ने अडान राखेको छ भने भारतले उक्त गोललाई मान्यता दिन नहुने अडान राखेको छ ।