ट्रमाबाट घर जान्छु भनेर हिँडेका डा. केसी टिचिङ अस्पताल भर्ना

ट्रमाबाट घर जान्छु भनेर हिँडेका डा. केसी टिचिङ अस्पताल भर्ना


काठमाण्डु – डा. गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिएका छन् । स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै भदौ २९ गतेदेखि १९ औं सत्याग्रह सुरु गरेका डा. केसी आज काठमाण्डु आएका थिए ।

डा. केसीले आफू त्रिवि शिक्षण अस्पताल महाराजगञ्चमा बस्न चाहेको बताएका थिए । तर, प्रहरीले एयरपोर्टबाट ट्रमा सेन्टर लगेपछि डा. केसी प्रहरी र सरकारसँग रिसाएका थिए । उनले आफूले काम गरेको अस्पतालमा नै जाने बताएका थिए ।

डा. केसीले ट्रमामा कुनै उपचार लिन मानेका थिएनन् । साँझ ६ बजेपछि डा. केसी ट्रमाको गेटबाट बाहिरिएको र टिचिङ अस्पतालमा भर्ना भएका छन् ।

उनले स्वास्थ्य अवस्था सामान्य भएको भन्दै घर जाने बताएका थिए । तर, सहयोगीसहित डा. केसी टिचिङ अस्पतालको इमरजेन्सी कक्षमा भर्ना भएका छन् ।