गोकर्ण विष्टको क्षेत्रमा कांग्रेसको फेसबुक आतंक, यस्ता छन् विष्टले गरेका विकासका काम

गोकर्ण विष्टको क्षेत्रमा कांग्रेसको फेसबुक आतंक, यस्ता छन् विष्टले गरेका विकासका काम


सन्ध्या बस्नेत

गुल्मी– पराजित हुने डर भएपछि अत्तालिएको कांग्रेसले गुल्मीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा फेसबुक आतंक मच्चाउन थालेको छ।

 

कांग्रेस नेता कार्यकर्ता मतदाताको घर पुगेर भोट माग्ने कुनै एजेण्डा नभएपछि यस क्षेत्रमा सडक, खानेपानी, बिजुली, शिक्षा लगायतका क्षेत्रमा विकास हुन नसकेको भन्दै फेसबुक मार्फत भ्रम सिर्जना गर्दै छन्।

 

विकट र दुर्गम मानिने गुल्मीको पश्चिमी क्षेत्रमा एमाले नेता गोकर्ण विष्ट बिजयी भएदेखि झण्डै २० वर्ष देखि निरन्तर विकासका ठूूला योजना र काम भैरहेका छन्।

 

 

पश्चिमी क्षेत्रका धेरै गाउँबस्ती जोड्ने तम्घास सिमलटारी प्यूठान सडक स्तरोन्नती भएर कालोपत्रे भैरहेको छ। जिल्लाका ४३ वडा मध्ये अधिकांश वडामा विद्युतीकरण भएर गाउँ र टोलसम्म विद्युत विस्तार हुने क्रम जारी छ। त्यो बाहेक छल्दी रातडाँडा इन्द्रेगौडा, रातडाँडा बडागाउँ मुसिकोट, पौंदीअमराई हुँदै नेटा दर्लिङ पुग्ने सडक पनि तिब्र गतिमा स्तरोन्नती भैरहेको छ।

 

 

अमरपुर देखि अर्जै, घमिर हुँदै अर्खाबाङ सडक, सेउघा सिमाघाट जैसीथोक पुर्कोटदह सडक पनि धमाधम स्तरोन्नती भैरहेको छ। खेल क्षेत्रको विकासका लागि अमरपुरको बुल्मचौरमा राष्ट्रिय स्तरकै रंगशाला निर्माणको काम शुरु भएको छ। शिक्षा क्षेत्रको विकासका लागि धुर्कोट र पूर्कोटदहमा क्याम्पस, हस्तिचौरमा प्राविधिक शिक्षालय खुलेको छ।

 

 

त्यस्तै ६० भन्दा बढी विद्यालयका करोडौं लागतका भवन निर्माण भएका छन्। अधिकांश विद्यालयको शिक्षाको गुणस्तर सुधारका लागि सोलार सुविधा र कम्प्यूटर शिक्षा शुरु भएको छ। दुर्गम मानिएको क्षेत्रका सर्वसाधरणको सुविधाका लागि धुर्कोटमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएर डाक्टर सहितको सेवा चलिरहेको छ।

 

 

त्यस्तै दुई दर्जन बढी स्वास्थ्य चौकीका अत्याधुनिक सुविधा सहितका भवन निर्माण भएका छन्।

 

 

दर्जनौं वडा कार्यालयका भवन निर्माण भैसकेका छन्। सडक सुविधा १२ महिना संचालन गर्ने गरी दुई दर्जन बढी पक्की पुल निर्माण भैसकेका छन्।

 

 

साना योजना देखि झण्डै १ अर्ब लागत सम्मका दर्जनौं योजना अहिलेसम्म पनि जारी नै छन्। २० वर्ष अघिको पश्चिमी क्षेत्रको अवस्था र अहिलेको विकासमा त्यो क्षेत्र पुरै कायापलट भएको जिल्ला समन्वय समितिका सभापति लक्ष्मण पराजुलीले बताए।

 

 

‘२० वर्ष अघि गुल्मीका पश्चिमी गाउँबस्ती कस्ता थिए, अहिले कस्ता भए भन्ने त घामजस्तै छर्लङ्ग छ’, उनले भने, ‘कुनै विकास भएन भन्नु कांग्रेस उम्मेदवार र कार्यकर्ताको पराजित र अत्तालिएको मानसिकता हो।’

 

 

त्यस क्षेत्रको विकासको आधारमा गोकर्ण विष्ट देशभर विकास प्रेमी र चर्चित नेता बनेकै बेला कुनै विकास भएन भन्ने कांग्रेस कार्यकर्ताको आँखा चिम्लेर उज्यालो खोज्ने मानसिकताको उपज भएको उनले बताए । यो क्षेत्रमा यस पटकको निर्वाचनमा एमालेबाट गोकर्ण विष्ट र कांग्रेसबाट चन्द्र केसी प्रतिस्पर्धामा छन्।

 

 

 

२०७० को निर्वाचनमा विपक्षी सबै पार्टीका मत जोड्दा पनि बढी मतले बिजयी भएका विष्ट अहिले त्यो भन्दा पनि बढी चर्चित छन्।

 

 

घर दैलोमा पुग्दा कांग्रेस नेतासंग नै मतदाताले किन आएको भन्दै प्रश्न गर्न थालेपछि अत्तालिएका कांग्रेस कार्यकर्ता विक्षिप्त मानसिकता बनाएर फेसबुक आतंक मच्याउँदै हिंड्न थालेको एमाले कार्यकर्ता ओम कार्कीले बताए।

 

 

त्यस्तै विष्टसंगै त्यस क्षेत्रमा प्रदेश उम्मेदवार खड्ग केसी र दिनेश पन्थी पनि मतदाता माझ चर्चित छन्।

 

 

कांग्रेस प्रदेश उम्मेदवार छन्द पहराई आफुसंग अहिले चुनावी ऐजेण्डा नै नभएको भन्दै बिजयी भए एजेण्डा खोज्न मतदातासंग नै आउँछु भन्ने आश्वासन दिदैं छन्।

 

 

 

त्यस्तै अर्का कांग्रेस उम्मेदवार शालिक पन्थी युवापुस्ताले मत नदिने डरले बृद्धबृद्धा खोज्ने र आर्शिवाद लिने काममा व्यस्त छन्।

 

 

 

कांग्रेस उम्मेदवारको एजेण्डा विहिन चुनावी प्रचारका कारण मतदाताको लहर बामगठबन्धनका विष्ट र प्रदेशमा दिनेश पन्थी र खड्ग केसीप्रति बढ्दै गएको छ।

 

 

 

 

स्थानीय तहको मतका आधारमा पनि यो क्षेत्र बामपन्थीको पकड मानिन्छ। २०४८ सालमा बिजयी भएको कांग्रेसले त्यस यताका कुनै पनि निर्वाचनमा बिजयी हुन सकेको छैन्।

 

 

 

अहिले क्षेत्र समायोजन भएर बनेको नयाँ क्षेत्रमा रहेका ४३ वडा मध्ये एमाले ३१, कांग्रेस ११ र माओवादी गठबन्धन १ वडामा बिजयी भएका छन्।