काठमाण्डु– भारत र चीनबीच नेपाली भूमि लिपुलेकलाई तीर्थयात्रु आवतजावतको केन्द्र बनाउने सहमति भएको खबर सार्वजनिक भएपछि नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले आपत्ति जनाएका छन्।
पोलिट्ब्युरो सदस्य समेत रहेका बाँस्कोटाले कैलाश–मानसरोवर तीर्थयात्रु आवागमनलाई पुनः निरन्तरता दिने २ देशबीच सहमति भएको कुरा साँचो हो भने नेपाललाई हेप्ने र मिच्ने कुरा भएको बताएका हुन् ।
‘उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् शक्ति र स्वार्थको सामु सम्बन्धको वर्लीनवाल सजिलै ढल्दो रहेछ।लिपुलेक भारत र चीनले नेपाललाई वास्तै नगरी प्रयोग गर्ने सहमति गरेको खवर साँचो हो भने यो नेपाललाई हेप्ने र मिच्ने कुरा भयो।हात्तीहरु जुझ्दा पनि पिरती लाउदा पनि हामी नै पेलिनु पर्ने ? सम्प्रभुता सानाठुला सबै देशको बराबर।’
भारतको विदेश मन्त्रालयकाअनुसार कोरोना महामारीका कारण सन् २०२० देखि रोकिएको कैलाश–मानसरोवर तीर्थयात्रु आवागमनलाई पुनः निरन्तरता दिने सहमति दुई देशबीच भएको छ ।
प्रतिक्रिया