काठमाण्डु– पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एमाले छाडेका छन् । उनले पार्टी छाडेपछि एमालेका नेता गोकुल बास्कोटाले कटाक्ष गर्दै खाएको थालमा चुठ्नु राम्रो नहुने बताएका छन् ।
बास्कोटाले आज बिहान सामाजिक सन्जालमा लेखेका छन्, ‘आफ्नै लागि आउनेहरु आए, सकेजति लाभ लिए र गए । हाइट र लाइट एमालेकै टोपी, धोती अनि गुन्यू चोली लगाएर बढाए ।’
झन् गएपछि सराप्ने संस्कार वाहियात भएको उनको भनाइ छ ।
उनले लेखेका छन् ,’मान्छेको वास्तविक परिक्षण सजिलो,स्वार्थपुर्ति र पदीय महत्वकाँक्षामा होईन,सङकट,त्याग र सङघर्षको समयमा हुन्छ।आफ्नै लागि आउनेहरु आए सकेजति लाभ लिए र गए।हाईट र लाईट एमालेकै टोपी,धोती अनि गुन्यु चोली लगाएर बढाए। खाएको थालमा चुठ्नु राम्रो होइन,झन गएपछि सराप्ने सँस्कार वाहियात नै हो।’
प्रतिक्रिया