संचारमन्त्रीले भने ‘काठमाडौंमै टेलिकमको टावर टिप्दैन के हेरेर बस्नुभएको छ’

संचारमन्त्रीले भने ‘काठमाडौंमै टेलिकमको टावर टिप्दैन के हेरेर बस्नुभएको छ’


काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बांस्कोटाले सरकारी सञ्चार माध्यममा विज्ञापन दिएर वर्षाैंसम्म भुक्तानी नदिनेलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार पद बहालीपछि आयोजित कार्यक्रममा मन्त्री बांस्कोटाले नेपाल टेलिभिजन, रेडियो नेपाल र गोरखापत्र संस्थानका विज्ञापनको बक्यौता उठ्नुपर्ने रकम तत्काल उठाउन र वर्षौंसम्म बेरुजु नराख्न निर्देशन दिएका हुन् ।

मन्त्री बाँस्कोटाले भने ‘विज्ञापन दिएर नतिर्नेलाई समयमा काम नगर्ने ठेगदारलाई झैं पाता फर्काइन्छ , सुशासनमा कुनै सम्झौता हुंदैन ।’

मन्त्री बांस्कोटाले गल्ती गर्ने कर्मचारी आफ्नै पार्टी निकट भएपनि संरक्षण नगर्ने बताए ।

काठमाडौं उपत्यकाकै कतिपय स्थानमा नेपाल टेलिकमको टावर नटिप्ने समस्या कायमै रहनु र सूचना विभागको नयां डायरी जेठ तेस्रो सातासम्म पनि प्रकाशन नहुनुले कामको प्रभावकारिता नदेखिएको बांस्कोटाको भनाई थियो ।

नेपाल टेलिकमकी महाप्रवन्धक कामिनीराज भण्डारीको कार्यक्षमतामाथी प्रश्न उठाउदै सरकारले हटाउने तयारी गरिरहेको बेला संचारमन्त्रीको यस्तो भनाई आएको हो । भण्डारी महाप्रवन्धक भएपछि टेलिकम क्षेत्र धराशयी बन्दै गएको गुनासो सरोकारबालाहरुले गर्दै आएका छन् ।