विमानस्थलबाट फेरि सुन बरामद, भारतीय नागरिक पक्राउ

विमानस्थलबाट फेरि सुन बरामद, भारतीय नागरिक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलोग्राम सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

दुबईबाट नेपाल आउँदै गरेका भारतीय नागरिक महेश रामचन्द्रसँग एक किलो ९ सय ग्राम तरल सुन बरामद भएको होे। उनी शुक्रबार राति पक्राउ परेका हुन्।

केमिकलको प्रयोग गरेर तरल बनाइएको सुनलाई ठूलो खालको कम्मरपेटी भित्र राखेर ल्याएको अवस्थामा फेला पारिएको हो।

केही समयअघि पनि २ किला ८ सय ग्राम सुन यसै गरी नेपाल भित्र्याउँदै गरेका बेला बरामद भएको थियो।

तरल सुनलाई मेटल डिटेक्टर र वाकथु्र गेटले पनि रिड गर्न नसक्ने हुनाले सुन तस्करहरुले यस्तो उपायबाट तस्करी शुरु गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।