काठमाण्डु- सुनको मूल्यले फेरि उच्च रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सूनको मूल्य बिहीवार अघिल्लो दिनको तुलनामा १ हजार ६ सयले बढेको हो । जसअनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ४० हजारमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । बिहीबार प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँ कायम भएको छ । यसअघि हिजो बुधबार १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया