काठमाण्डु- नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २३ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै १० ग्राम सुनको मूल्य बिहीबार १ लाख २० हजार ४५५ रुपैयाँ कायम भएको छ । महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ३८ हजार २०० रुपैयाँ कायम भएको थियो ।
यस्तै बिहीबार चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १९३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर १९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया