सुन एक तोलाको एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार

सुन एक तोलाको एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार


काठमाण्डु – नेपाली बजारमा शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो ।

बिहीबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।