मंगलबार सुनको मूल्य कति छ ?

मंगलबार सुनको मूल्य कति छ ?


काठमाण्डु- नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मुल्य सोमबार पनि यहि मुल्यमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य भने मंगलबार सामान्य बढेको छ । मंगलबार चाँदी तोलाको १५ बढेर तोलामा १८१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।