काठमाण्डु – आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघले आइतबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको जानकारी दिएको छ।
गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ४१ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
आज चाँदीको भाउ स्थिर छ। चाँदी भने गत शुक्रबारकै भाउ प्रतितोला १ हजार ७९० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ।
प्रतिक्रिया