काठमाण्डु – सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा आइतबार लगातार बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
यसअघि गत जेठ २५ गते सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँमा कारोबार भएको थियो।
आज सुन प्रतितोला पछिल्लो रेकर्डभन्दा प्रतितोला चार सय रूपैयाँ बढी एक लाख ४५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार चार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
आइतबार चाँदीको मूल्य प्रतितोला २० रूपैयाँ बढ्दै एक हजार आठ सय ९० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
प्रतिक्रिया