काठमाण्डु – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य एकैदिन तोलामा एक हजार ८०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
असार २३ गते छापावाल सुन प्रतितोला एक लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएर उच्च मूल्यको विन्दु कायम गरेको रेकर्डलाई आज ‘ब्रेक’ गरेको महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार २०० रुपैयाँमा कारोबार भएकोमा आज एक लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि बिहीबारको तुलनामा तोलामा १५ रुपैयाँले बढेर एक हजार ९०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया