काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राखेको छ ।
सोमबारको तुलनामा मंगलबार सुनको भाउ प्रतितोला १५ सयले बढेसँगै नेपाली बजारमा सुनको भाउ हालसम्मकै सबैभन्दा बढी भएको हो ।
सोमबार एक लाख ६७ हजारमा कारोबार भएको छापावाला सुन आज १ लाख ६८ हजार ५ सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि गत (११ कार्तिक) आइतबार सुनको भाउले नयाँ किर्तीमान कायम गरेको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि बढेको छ । हिजो २ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर २१०५ रुपैयामा कारोबार हुने महासंघले जनाएको छ ।
प्रतिक्रिया