काठमाण्डु–सोमबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । आज सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँले घटेको हो ।
आइतबार १ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको सुन सोमबार १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सरकारले सुन र चाँदीमा लाग्दै आएको भन्सार दर घटाउने निर्णय गरेसँगै बजारमा भारी गिरावट आएको हो । मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको छ ।
प्रतिक्रिया