काठमाण्डु– नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा किनबेच भएको सुन आज प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया