काठमाण्डु– श्रीलङ्काको नौसेनाले डुङ्गामा राखी देशबाहिर सुन तस्करी गरिरहेको अवस्थामा शनिबार तीन जनालाई पक्राउ गरेको छ ।
उत्तरपश्चिमी प्रान्तको कल्पितिया नजिकैको समुन्द्रमा उनीहरूलाई पक्राउ गरिएको नौसेनाले जनाएको छ ।
उक्त सुन र शङ्कास्पद व्यक्तिलाई कानूनी कारवाहीका लागि कटुनायकेस्थित भन्सार कार्यालयमा बुझाइएको नौसेनाले जनाएको छ ।
अवैध गतिविधिको निगरानी गर्न नौसेनाले टापु वरपरका तटीय र समुद्री क्षेत्रमा नियमित खोजी अभियान र गस्ती गर्नेक्रममा तस्करी गर्न लागिएको उक्त सुन भेटिएको हो ।
प्रतिक्रिया