सुनको भाउले गर्‍यो रेकर्ड ब्रेक,कति पुग्यो ?

सुनको भाउले गर्‍यो रेकर्ड ब्रेक,कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली बजारमा सुनको मूल्यले दिनहुँ रेकर्ड कायम गरिरहेको छ ।

सुनको भाउले सोमबार तोलामा १ हजार १ सय रुपैयाँले बढ्दै रेकर्ड ब्रेक गरेको छ ।

सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि आइतबार सुन तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार हुँदै उच्च रेकर्ड कायम गरेको थियो ।

यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले बढेर २ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।