काठमाण्डु– बिहीबार नयाँ रेकर्ड राखेको सुनको भाउ शुक्रबार ओरालो लागेको छ ।
आज सुन तोलामा ८०० रुपैयाँले घटेको हो ।
बिहीबार १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार पनि सोही कायम भएको हो ।
प्रतिक्रिया