सुनको भाउले रच्यो इतिहास,तोलाको २ लाख पुग्ने छाँटकाट

सुनको भाउले रच्यो इतिहास,तोलाको २ लाख पुग्ने छाँटकाट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेको छ ।

हिजो स्थिर रहेर १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९१ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो सँगै सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ ।

गत बिहीबार १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएर नयाँ रेकर्ड बनाएको थियो ।

यस्तै चाँदीको भाउ भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोहि मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।