सुनको भाउ २ लाख नजिक, आज ६ हजार ९ सयले बढ्यो

सुनको भाउ २ लाख नजिक, आज ६ हजार ९ सयले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएसँगै नेपालमा पनि मूल्य बढेको छ ।

नेपाली बजारमा सुन भाउ मंगलबार एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँले बढेको हो ।

सोमबार १ लाख ९१ हजारमा कारोबार भएको सुन मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३४०० डलर नाघेको छ । मंगलबार कारोबारको प्रारम्भमा थप मूल्य बढेर ३४८० डलर हाराहारीमा पुगेको छ । गत साताको तुलनामा मूल्य करिब ५ प्रतिशत बढेको छ । त्यसको प्रभावले नेपालमा सुनको भाउ २ लाखको हाराहारीमा पुगेको हो ।

यस्तै आज चाँदी पनि तोलामा १० रुपैयाँले बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।