काठमाण्डु – हिजो २ लाखको हाराहारीमा पुगेको सुनको भाउ आज भारी मात्रामा घटेको छ ।
हिजोको तुलनामा बुधबार सुनको भाउ तोलामा ७ हजार ५ सय रुपैयाँले घटेको हो ।
मंगलबार १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुनको भाउ ६ हजार ९ सयले बढेर नयाँ रेकर्ड राखेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया