काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेको हो ।
हिजो १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८८ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । आइतबार १९ सय ९० रुपैयाँ कायम भएको चाँदी आज १९ सय ७० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
प्रतिक्रिया