सुन तस्करी प्रकरण : फरार अग्रवालको घरमा प्रहरीकाे छापा, गाडीसहित ३० लाख नगद बरामद

सुन तस्करी प्रकरण : फरार अग्रवालको घरमा प्रहरीकाे छापा, गाडीसहित ३० लाख नगद बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– छानबिन समितिले ३८ सय किलो सुन तस्करीको प्रकरणमा फरार रहेका मोहन अग्रवाल (एमके) को घरमा छापा हानेर गाडीसहित नगद बरामद गरेको छ।

गृहमन्त्रालयद्वारा गठित छानबिन समितिले शुक्रबार अग्रवालको काठमाडौं डिल्लीबजारस्थित सिल्भर सिटी नजिकैको भव्य बंगलामा छापा हानेको हो। सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका उनी बंगलामा बस्दै आएका थिए।

समितिलेले अग्रवालको घरबाट एउटा गाडीसहित ३० लाख नगद, २ किलो चाँदी, १० तोला सुनसहित कागजात बरामद गरेको छ।
२ महिनादेखि बन्द रहेको घरमा कोही बस्ने गरेका छैनन्।

गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको ‘सुन तस्करी छानविन समिति’ले मोहनकुमार अग्रवालको लगानीमा चूडामणि उप्रेती ‘गोरे’ सहितका तस्करहरूले उक्त सुन दुबईबाट थाई एयरलाइन्समार्फत नेपाल ल्याएको निष्कर्ष निकालेको थियो

तस्करीको सुनमा अर्बौं लगानी गर्दै आएका अग्रवाललाई समितिले फरार प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालयमार्फत मोरङ जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ।