काठमाण्डु – नेपाली बजारमा सनुको मूल्य बढेर एक लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले बढेको छ ।
छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढ्दै ९९ हजार ९ सय रूपैयाँ पुगेको छ । तेजाबी सुन ९९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १५ रूपैयाँले बढ्दै आज १ हजार ३८५ रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया