काठमाण्डु – सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य बढेर छापावाल सुन १ लाख ४१ हजार ८ सय र तेजाबी सुन १ लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भएको जानकारी दिएको छ।
शुक्रबार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर आज प्रतितोला १ हजार ७ सय ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन १ लाख ४० हजार ८ सय, तेजाबी सुन १ लाख ४० हजार १ सय र चाँदी १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ३ सय २५ र चाँदी २९.११ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
प्रतिक्रिया