आइतबार बढ्यो सुनको मूल्य, प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम

आइतबार बढ्यो सुनको मूल्य, प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम


काठमाण्डु – तिहारपछिको पहिलो कारोबारका दिन आज नेपाली बजारमा छापावाल सुनको मुल्य प्रतितोला बढेको छ । आज सुन प्रतितोला एक हजार ५०० ले उकालो लागेर ९२ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पहेँलो धातु गत बिहीबार प्रतितोला ९१ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी आज चाँदीको मूल्य २५ ले उकालो लागेर एक हजार २५० कायम भएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा नेपाली बजारमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंसत एक हजार ८१९ दशमलव ७३ डलरमा कारोबार भइरहेको छ ।