१ सय ९९ ग्रामको सुनको वालासहित विमानस्थलबाट युवती पक्राउ

१ सय ९९ ग्रामको सुनको वालासहित विमानस्थलबाट युवती पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सोमबार हिमालय एयरको विमानमा कतारबाट काठमाडौं आएकी सिराहा मिर्चैया नगरपालिका २ की रुवीकुमारी महतोलाई अवैध सुनसहित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट प्रहरीले जाँच गर्ने क्रममा भन्सार छली अवैध रुपमा लुकाई छिपाई ल्याएको १ सय ९९ ग्रामको सुनको वाला ४ थान बरामद गरेको हो। पक्राउ परेकी रुवीलाई प्रहरीले थप आवश्यक अनुसन्धान एवं कार्वाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरण पठाएको छ।