काठमाडौं – नेपाल प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको छ । काठमाडौं प्रहरी प्रमुख रविन्द्र धानुककाअनुसार काठमाडौं प्रहरी र अपराध महाशाखाको संयुक्त टोलीले उक्त अवैध सुन बरामद गरेको हो ।
प्रहरीले सुनसहित एक जनालाई प्रक्राउ गरेको छ । अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहोनीकाअनुसार प्रक्राउ पर्नेमा गाडी चालक मनोज अधिकारी रहेका छन् । एसएसपी लोहनीले अवैध सुन काठमाडौंको क्षेत्रपाटीबाट पक्राउ परेको र यसबारेमा थप अनुसन्धान भइरहेको बताए ।
प्रहरीले बरामद गरेको सुन चिनियां नागरीकको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । नेपाल प्रहरीको टोलीले यसअघि पनि धेरै पटक काठमाडौंका विभिन्न ठाउबाट अवैध सुन बरामद गरेको थियो ।
अपराधा महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी ।
प्रतिक्रिया