काठमाडौं– नेपाल प्रहरीका तीन जना पूर्वअधिकारीहरुले अदालतमा विचाराधिन मुद्दामा सार्वजनिक अभिव्यक्ति दिएपछि गृहमन्त्रालयले आपत्ति जनाएको छ।
साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको मुद्दा मोरङ जिल्ला अदालतमा विचाराधिन रहेका बेला पूर्वपूर्वएआइजी राजेन्द्रसिंह भण्डारी, पूर्वडीआइजीद्वय हेमन्त मल्ल र रमेश खरेलले सार्वजनिक अभिव्यक्ति दिएका थिए।
उनीहरुले सनम शाक्यको हत्यापछि अनुसन्धानमा खटिएका एसएसपी दीवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण संजेललाई फसाइएको मात्र बताएनन् गृहमन्त्रालयद्वारा गठित छानबिन समितिमाथि नै प्रश्न चिह्न खडा गरेका थिए।
त्यसको भोलिपल्ट गृहका प्रवक्ता रामकृष्ण सुवेदीले विज्ञप्ति जारी गरी केही जिम्मेवार व्यक्तिहरुको गैरजिम्मेवार अभिव्यक्तिहरुप्रति गम्भिर ध्यानकषर्ण भएको गृहमन्त्रालयले जनाएका छन्।
‘यस्ता अभिव्यक्तिहरुबाट अनुसन्धानलाई प्रधावित पार्न सक्ने एवं अपराधीहरुको मनोबल बढ्न सक्ने देखिएको तर्फ नेपाल सरकार, गृहमन्त्रालय सचेत छ, त्यस प्रकारका भ्रामक धारणाहरु प्रति कुनै सत्यता छैन,’ विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया