१ तोला खाएको सुन ३ दिन पछी दिशामा भेटियो

१ तोला खाएको सुन ३ दिन पछी दिशामा भेटियो


विराटनगर – सुन पसलमा ग्राहक बनी आएका ब्यक्तिले सुन खाएको ३ दिनपछि दिशा गरेका छन् । तीन दिनअघि विराटनगर जलजला रोडको राठी ज्वेलर्समा ग्राहक बनेर गएका इटहरीका सुरजकुमार नेपालले एक तोला सुनको सिक्री नै निलेपछि प्रहरीले पक्राउ गरी अस्पतालमा राखेर निगरानी गरेको थियो । कोशी अञ्चल अस्पतालमा प्रहरी निगरानीमा राखिएका इटहरीका सुरजकुमार नेपालले सोमबार सुनको सिक्री दिसा गरेका छन् ।

नेपालले सिक्री निलेको भन्दै ज्वेलर्सका सञ्चालक अरुण राठीले प्रहरीमा उजुरी गरेपछि उनलाई अस्पताल लगिएको थियो । एक्स रे रिपोर्टमा पेटभित्र धातु देखिएपछि प्रहरी निगरानीमा उनलाई कोशी अञ्चल अस्पतालमा राखिएको थियो ।

सोमबार ३१ वर्षरर्षिय नेपाललाई बल्ल पेट खुल्यो र दिसाबाट सुनको सिक्री निस्किएको थियो । प्रहरीले नेपाललाई चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । मोरङका प्रहरी उपरीक्षक मनोज केसीले नेपाललाई सुन चोरीको आरोपमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको जानकारी दिए ।