साढे ३३ किलो सुन तस्करी प्रकरण : वीरगञ्जका व्यवसायी राजु द्धावर पक्राउ

साढे ३३ किलो सुन तस्करी प्रकरण : वीरगञ्जका व्यवसायी राजु द्धावर पक्राउ


काठमाडौं – साढे ३३ किलो सुन तस्करी प्रकरणको छानबिन गरिरहेको विशेष अनुसन्धान समितिले वीरगञ्जका व्यवसायी राजु द्धावरलाई पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौंको होटल अन्नपूर्णमा छोराको विवाह स्थलबाटै पक्राउ गरिएको थियो । यसअघि पक्राउ परेका हुन्डी कारोबारीहरुले उनको नाम लिएपछि द्धावर पक्राउ परेको स्रोतको भनाइ छ । स्रोतका अनुसार उनको वीरगञ्जको लोहरपट्टी रोडमा साई ज्वेलर्स र कृष्ण बुलियन नामक ज्वेलरी पसल छ ।

वीरगञ्जमा ठूलो एवं प्रतिष्ठित सुन कारोबारीका रूपमा चिनिन्छन् । उनले तस्करीको सुन भारतमा लगेर विक्री गर्ने गरेको समितिको आशंका छ ।