साढे ३३ किलो सुन तस्करी प्रकरण नरोकिदैं ८ तोला सुनसहित एक पक्राउ

साढे ३३ किलो सुन तस्करी प्रकरण नरोकिदैं ८ तोला सुनसहित एक पक्राउ


काठमाडौं – साढे ३३ किलो सुन तस्करी प्रकरण त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट अवैध सुन तस्करी अझै नरोकिएको पुष्टि भएको छ ।

विशेष सरकारी समितिले अनुसन्धान गरिरहेकै वेला अवैध सुनसहित प्रहरीले एक जनालाई बिहिबार पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त, गौशालाको टोलीले विमानस्थलको भन्सार छलेर ल्याइएको १ सय ग्राम सुनसहित चितवनको गौंडा–१ घर भइ हाल काठमाडौंको मण्डिखाटार बस्ने ४३ वर्षीय पूर्णबहादुर गुरुङलाई पक्राउ गरेको हो ।

गुरुङलाई काठमाडौं–७, चाबहिलबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले बताए । उनको साथबाट विभिन्न कम्पनीको ४ वटा ल्यापटप समेत बरामद भएको छ । घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ ।