काठमाडौं – साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित तीन जनालाई सोमबार दिउंसो काठमाडौं ल्याइने भएको छ ।
जिल्ला अदालत, मोरङले उनीहरुलाई काठमाडौं लैजान अनुमति दिएपछि उप्रेतीसँगै एसएसपी श्याम खत्री र राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङलाई काठमाडौं ल्याउन लागिएको हो । सोमबार दिउँसो १२ः४५ बजेको फ्लाइटमार्फत काठमाडौं ल्याउन लागिएको प्रहरी स्रोतले बतायो ।
गोरे र भुजुङलाई जिल्ला कारागार, मोरङमा राखिएको थियो भने खत्रीलाई क्षेत्रीय कारागार, झुम्कामा राखिएको थियो । तीनै जनालाई काठमाडौंमा ल्याएर सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान अघि बढाउने तयारी छ । ‘सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धानका लागि काठमाडौं ल्याइएको वेला छानबिन समितिले पनि थप अनुसन्धान गर्ने छ’ प्रहरी स्रोतले भन्यो ।
प्रतिक्रिया