काठमाण्डु – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन आज आइतबार सुन प्रतितोलामा दुई हजार रुपैयाँले बढेर एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार ४०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
चाँदीको मुल्य पनि प्रति तोलामा ३५ रुपैँयाको दरले बढेको छ । शुक्रबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया