भोटेकोसी गाउँपालिका अध्यक्षमाथि सुन तस्करी मुद्दा : पौडेल फरार

भोटेकोसी गाउँपालिका अध्यक्षमाथि सुन तस्करी मुद्दा : पौडेल फरार

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरसहित परिवारका सदस्यलाई टिकट दिएको भन्दै विरोध भइरहेको बेला उनका छोरा प्रकाश दाहालले भने उक्त आरोपको खण्डन गरेका छन् ।

 

 



प्रकाशले आफ्नो तेस्रो पत्नी विना मगरको पार्टीमा ठुलो योगदान भएको भन्दै उनलाई प्रचण्ड परिवारसंग दाजेंर हेर्न नमिल्ने बताएका छन् ।

 

 



सामाजिक संजाल फेसबुकमा स्टाटस पोष्ट गर्दै प्रकाशले बिना मगरको राजनैतिक जिवन प्रचण्ड परिवारसंग जोडिदां उनलाई घाटा भएको दाबी समेत गरका छन् ।

 


प्रकाशले सामाजिक संजाल फेसबुकमा पोष्ट गरेको स्टाटस जस्ताको त्यस्तै –
एउटा कुरा ब्यापक के देखियो भने माओवादी भित्र आफ्नो छोरा बुहारीलाई सांसद र पदको लागि (समानुपातिक र प्रत्यक्ष) भनेर व्यापक मिडियाबाजी र संजाल रंगाएको पाईयो । म कुनै पदको लागि प्रतिश्पर्धामा लागेको छैन ।

 

 


०५७ सालमै पढाई छोडेर जनमुक्ति सेनामा जाने भनेर लागेको र तत्कालिन स्थायी कमिटिको बैठक मुख्यतः स्थायी कमिटि सदस्य र मेरो बुवापछिको अभिभावक पोष्ट बहादुर बोगटीकै निर्देशन अनुसार जहा बसेरपनि पार्टी र नेतृत्वकै रक्षाको लागि लाग्ने र तिम्रो अनुभव कम्प्युटर र भाषामा छ । मुख्य नेतृत्व कहिले प्रवाश कहिले नेपाल हुने हूंदा अध्यक्षकै सचिवालयमा बसेर काम गर्नु पर्ने भनिसकेपछि अध्यक्षको सचिवालयमा बसेको थिए ।

 

 

 


त्यति बेलादेखि जतिबेला म ११ कक्षा पास भएको थिए । अहिलेसम्म परिवार व्यक्तिगत स्वार्थ केहि खोजिएन । (हो बिचमा मेरो केहि प्राविधित कमजोर भयो र पार्टी बिधान अनुसार महिले सब कारवाही ब्योहोरे ) अन्यथा केहि छैन । बांकी दिनमा पनि पार्टीबाट अपेक्षा केहि छैन जति सकिन्छ सहयोग गर्नेनै हो । म त्यो दौडमा छैन।

 

 



अर्को जुन प्रकारले बिना मगरलाई प्रचण्डको बुहारीमा मात्र सिमित गर्ने प्रयत्न गरिन्छ त्यो सरासर गलत हो जस्तो लाग्छ । र त्यो चित्रण गर्न खोज्नेलाई विगत फर्केर हेर्न अनुरोध गर्न पनि मन लाग्छ । के ०५४⁄०५५ सालदेखि यो पार्टीमा लाग्नु गलत थियो ? के २७ महिना सेनाको कब्जामा बसेर बेपत्ता हुनु उनको रहर थियो र वान्टेड लिष्टमै हुनु प्रचण्ड परिवार भित्र भएको हून्दा हो ? के स्ववियू सभापति प्रचण्डको परिवार भएको हूंदा बनाईएको थियो ? बिना मगर आफैमा स्थापित र ०५४ सालदेखि जो अहिले बिभिन्न कालखण्डका उमेद्वार छन् उनिहरु १–२ कक्षामा पढ्थे होलान् ।

 



उनको ईतिहास जो प्रचण्ड परिवारसंग जोडिनु भन्दा २ दशक पहिलादेखि कायम थियो त्यसलाई नजरअन्दाज नगरियोस् म प्रचण्डको छोराकै नाताले भन्नु पर्दा बिना मगरको राजनैतिक जिवन प्रचण्ड जोडिदा र प्रचण्ड परिवार जोडिदां उनलाई घाटा भएको छ । उनको ईतिहासको नजरअन्दाज गरिएको छ । परिवार परिवार भनेर सबैलाई एउटै आंखाबाट नहेरौ ।


काठमाडाैं– प्रहरीले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलमाथि सुन तस्करी मुद्दा चलाएको छ।

 

 

२२ किलो सुन तस्करीको अभियोगमा प्रहरीले पौडेलसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो। पौडेल फरार छन्।

 

केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले पक्राउ परेका सात र फरार चारलाई प्रतिवादी बनाई मुद्दा चलाएको थियो।

 

पक्राउ परेकामध्ये एकजना पुर्पक्षका लागि जेल चलान भएका छन् भने ६ जना धरौटीमा छुटेका छन्।

 

 

तस्करीमा संलग्न मुख्य नाइके चारैजना फरार छन्। सुनको लगानीकर्ता भोटेकोसी गाउँपालिकाका अध्यक्ष पौडेल भएको प्रहरी निष्कर्ष छ।

 

 

त्यस्तै, न्युरोड क्षेत्रमा बसेर सुन र हुन्डीको कारोबार गर्ने रमेश खड्का, सुन्दर खड्का र कृष्ण खड्काविरुद्ध समेत प्रहरीले मुद्दा दायर गरेको छ।

 

 

१४ किलो सुन शेर्पाको टोखास्थित डेराबाट तथा एक किलो धनुषाबाट बरामद भएको थियो उनीहरूबाट भक्सवागन कार, ६ सय अमेरिकी डलर पनि बरामद गरेको थियो।

 

 

पक्राउ परेका पेम्बा दोर्जे तस्करीका मुख्य सहयोगी हुन्। सो सुन एक चिनियाँको भएको र आफूले केही पैसा लिएर ओसारपसार एवं बिक्री मात्र गर्दै आएको बताएका छन्।

 

 

पक्राउ परेका अन्य चारजना नेपालका विभिन्न सुन पसलदेखि भारतसम्म पुर्‍याएर तस्करीको सुन बिक्री गर्ने व्यक्तिहरू भएको प्रहरीले जनाएको छ।

 

 

पेम्बा दोर्जेले आफ्नै कन्टेनरमा राखेर सो सुन रसुवा हुँदै काठमाडौं ल्याएका थिए। आफूले दुईपटक चीनबाट सुन ल्याएको उनले बताएका छन्।

 

 

बरामद सुन १५ केजी, बिगोदाबी २२ केजीको
प्रहरीले १४ भदौमा रसुवाको केरुङ नाकाबाट भित्रिएको १५ किलो सुनसहित सातजनालाई पक्राउ गरेको थियो।

 

 

पक्राउ परेकामध्ये सिन्धुपाल्चोक भोटेकोसी घर भई टोखा बस्ने पेम्बा दोर्जे शेर्पा जेल चलान भएका छन्।

 

 

प्रहरीले उनलाई पाँच वर्ष कैद र १० करोड ४६ लाख रुपैयाँ जरिवाना दाबी गरी मुद्दा दायर गरेको थियो।

 

 

पक्राउ परेका भक्तपुरका दीपेन्द्र थापा, बानेश्वरका सरोज थापा, काभ्रेका विष्णु गौतम, भक्तपुरका राजेन्द्र खत्री, रविन खत्री र धनुषाका दीपककुमार साहलाई धरौटीमा छाड्ने आदेश दिएको हो।

 

 

अनुसन्धानका क्रममा उनीहरूले २२ किलो सुन तस्करी गरेको खुलेको थियो। त्यसकारण प्रहरीले १५ किलो बरामद भए पनि २२ किलो सुन बराबरकै बिगो दाबी गरेको छ।

नयाँ पत्रिकाबाट