सुनको भाउले बनायो अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड

सुनको भाउले बनायो अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड


काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको हो ।

हिजो १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५९ हजार दुई सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो हालसम्मकै सर्वाधिक उच्च मूल्य हो।महासंघका अनुसार आज चाँदीको मूल्य भने हिजोकै यथावत छ। चाँदीका मूल्य आज १ हजार ९ सय २० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ।