रेकर्ड ब्रेक– १ लाख ६० हजारबाट उकालो लाग्यो सुनको भाउ

रेकर्ड ब्रेक– १ लाख ६० हजारबाट उकालो लाग्यो सुनको भाउ


काठमाण्डु– लागातार उकालो लागेको सुनको भाउ आज चौंथो दिन पनि बढेको छ ।बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।

मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको हो ।

हिजो १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६० हजार ४ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

लगातार ४ दिनदेखि सुनको भाउले दैनिक किर्तिमान कायम गरेको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । १९१५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज ४० रुपैयाँले बढेर १९ सय ५५ रुपैयाँमा कारोबार हुने महासंघले जानकारी दिएको छ ।