काठमाण्डु–बुधबार नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राखेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १३०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको होे ।
हिजो १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि असोज १८ गते १ लाख ६१ हजार ३ सय रुपैयाँ कायम भइ उच्चतम मूल्यमा पुगेको थियो ।
त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १९५० कायम भएको छ । असोज २० गते चाँदी १९८५ रुपैयाँसम्म पुगेको रेकर्ड छ ।
प्रतिक्रिया